+
+

टप १२ मा पुगेर रोकियो अनुष्काको ‘मिस वर्ल्ड’को यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २८ गते २२:२१

यो बर्षको ‘मिस वर्ल्ड’मा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी छिन् । फाइनल चरणमा भने उनी प्रवेश गर्न सकिनन् ।

अनुष्काको यात्रा उत्कृष्ट १२ मा पुगेर सकिएको छ । लण्डनमा अहिले विश्व सुन्दरी प्रतियोगीता आयोजना भैरहेको छ । जसमा, अन्तिम ५ मा नाइजेरिया, भारत, ब्राजिल, जमैका र ब्राजिलका सुन्दरी प्रवेश गरेका छन् ।

नेपालको प्रतिनिधिन्त गर्दै विश्व सुन्दरी प्रतियोगीतामा भाग लिन पुगेकी अनुष्काले यसपटक ताज जित्ने आशा राखेकी थिइन् । उनले, ‘मल्टिमिडिया अवार्ड’ पनि जितेकी थिइन् । तर, उनी अन्तिम ५ मा प्रवेश गर्न नसक्दा नेपालको ‘मिस वर्ल्ड’ जित्ने अपेक्षा सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?