Comments Add Comment

ऋणको पासो थापेर सामूहिक बलात्कार !

३० मंसिर, काठमाडौं । एकातिर श्रीमानले छाडेर हिँडेको पीडा, अर्कोतिर सानी छोरीसँग आफूले हातमुख जोर्नुपर्ने बाध्यता । सुखद दाम्पत्य जीवनको सपना बुनेर दाङबाट काठमाडौं आएकी ३० वर्षीया अनिता (नाम परिवर्तन) संंकटमा थिइन् ।

छोरीसहित बालाजु आएकी उनकी उनको अवस्थाबारे रोमराज पुतुवार र लाले गुरुङ जानकार थिए । श्रीमान हुँदा नजिकै बस्ने ३९ वर्षका रोमराज र ४९ वर्षका लाले बेलाबेला कोठामा आउजाउ पनि गर्थे, त्यसले चिनजान पनि थियो ।

हातमुख जोर्न नै समस्या आइपरेपछि अनिताले उनीहरुलाई नै आफ्नो सम्झिइन् ।

रोमराजसँग केही हजार ऋण लिएर आफ्नो दुःख टारिन् । तर त्यही ऋण उनका लागि गलपासो बन्यो ।

उनले कमाएर ऋण तिर्न सकिनन् । रोमराजले पैसा मागिरहे । २१ मंसिरमा कोठामा आएका उनले अनौठो प्रस्ताव राखे, शारीरिक सम्बन्ध राख्न दिए पैसा फिर्ता दिनु पर्दैन ।

अनिताले केही सोच्न पनि सकेका थिइनन्, रोमराजको आफ्नो यौन तृणा मेटिहाले । रोमराज त्यतिमै रोकिएनन्, फेरि आउँदै जबरजस्ती सम्बन्ध राख्न थाले । रोमराजको पछि लागेर लाले पनि आए र बलपूर्वक यौन सम्बन्ध राखे ।

अनिता श्रीमानबाट पीडित भएको भन्दै शुक्रबार एक गैरसरकारी संस्थाको सम्पर्कमा पुगिन् । काउन्सिलिङका क्रममा उनले आफूमाथि सामूहिक बलात्कार समेत भएको खुलाइन् । त्यही संस्थाको सहयोगमा उनले महानगरीय प्रहरी वृत्त, बालाजुमा उजुरी दिएकी छन् । र, रोमराज र लाले पक्राउ परेका छन् ।

पक्राउ परेकालाई मंगलबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर म्याद थप गरी विस्तृत अनुसन्धान थालिने बालाजुका डीएसपी बालनरसिंह राणाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment