+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
७४ बलमा ७४ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
47/0 (7.4)
Shares

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १०:३०

१ पुस, काठमाडौं । मोरङको विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले मंसिर ३० गतेदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पताल परिसरमा कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहकाबीच प्रभु बैंक कोशी अस्पताल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्व्ाास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन् ।  एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?