+
+

आयुष्मानका लागि प्रियंका लेख्छिन्–‘म तिमीलाई सधैका लागि माया गर्छु’

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १२:२३

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे त यो बर्ष नहुने पक्का भैसकेको छ । अर्को बर्ष पनि उनीहरुले कुन मितिमा बिहे गर्छन् पक्का भएको छैन । प्रियंका परिवारका सबै सदस्यको समय मिलाउन नसक्दा बिहे नभएको बताइरहेकी छिन् ।

सार्वजनिक कार्यक्रममा प्रियंका र आयुष्मान एकसाथ नपुग्दा उनीहरुको सम्बन्धमा खटपट आएको गसिप पनि चल्ने गर्छन् । यसैविच, नायिका प्रियंका कार्कीले आयुष्मानको जन्मदिनमा लामो स्टाटस कोर्दै उनीप्रतिको प्रेमभाव व्यक्त गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्–‘म तिमीलाई सदाका लागि माया गर्छु र त्यो भन्दा पनि अझ थप एकदिन पछिसम्म माया गरिरहनेछु ।’

प्रियंकाले सुरुवातमै लेखेकी छिन्–‘मलाई थाहा छ, म तिमीसँग प्रणय बन्धनमा बाँधिएको पहिलो व्यक्ति होइन । तिमीपनि पहिलो व्यक्ति होइनौ जसलाई मैले एकहोरो भावले सधैभरी हेरिरहेँ । हामीहरु दुबै एउटै चक्कुका दुई धार जस्ता तिखा विचारहरु बोेकेका व्यक्तिहरु हौं ।’

प्रियंकाले आयुष्मान आफ्नो जीवनमा एउटा ठूलो शक्ति भएर आएको भन्दै यसलाई लाखौं चमत्कारले पनि भेट्न नसक्ने उल्लेख गरेकी छिन् । दुइको प्रेमलाई उनले चमत्कारमाथिको चमत्कारको रुपमा व्याख्या समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?