+
+

काठमाडौंका गाडीमा स्थायी रुपमै जोर विजोर प्रणाली माग गर्दै सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १९:०७

२ पुस, काठमाडौं । काठमाडौं उपत्यकाभित्र गुड्ने सवारी साधनमा स्थायी रुपमै जोर विजोर प्रणाली लागू गर्ने आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार अधिवक्ताद्वय रिता कार्की र श्यामकुमार श्रेष्ठले वायु प्रदुषण कम गर्नका लागि काठमाडौं उपत्यकाभित्र स्थायी रुपमै जोर विजोर प्रणाली लागू गर्न परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

अतिविशिष्ट व्यक्तिका सवारी साधन, आकस्मिक कार्यमा गुड्ने सवारी साधन, निजामति कर्मचारी एवं संस्थानका सवारी साधन, बालबालिका बोक्ने स्कुल बसबाहेक अन्य सबै भाडाका तथा निजी, चारपांग्रे तथा दुई पांग्रे गाडीमा स्थायी रुपमै जोर विरोज तालिका लागू गर्न रिटमा माग गरिएको छ ।

हाल काठमाडौंमा विदेशी विशिष्ट पाहुना आएका बेला र ठूला महत्वपूर्ण कार्यक्रमका बेला ट्राफिक व्यवस्थापनका लागि जोर विजोर प्रणाली लागू गर्ने गरिएको छ । तर रिट निवेदनकर्ताले काठमाडौं उपत्यकामा वायु प्रदुषण अत्यधिक बढेको र त्यसले सर्वसाधारणको स्वच्छ हावा पाउने अधिकार हनन भएको भन्दै सवारीसाधनमा स्थायी रुपमै जोर विजोर प्रणाली लागू गर्न माग गरेका हुन् ।

उनीहरुले २० वर्षभन्दा पुराना सवारी साधन काठमाडौं उपत्यकामा गुड्न नदिन र सवारी साधनको प्रभावकारी रुपमा प्रदुषण जाँच गरेर मात्र सञ्चालनको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

रिट निवेदनमा वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं र ललितपुर महानगरपालिकालगायतलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?