+

लिभरपुल ‘क्लब विश्वकप’को फाइनलमा

२०७६ पुष  ३ गते ९:३१ २०७६ पुष ३ गते ९:३१
लिभरपुल ‘क्लब विश्वकप’को फाइनलमा

३ पुस, काठमाडौं । रोवर्टो फिर्मिनोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि लिभरपुल मोन्टेरलाई २–१ ले पराजित गर्दै फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो रोजाइको टिम ईएफएल कपको क्वाटरफाइनलबाटै बाहिरिएको २४ घण्टा नबित्दै लिभरपुल कतारमा भइरहेको फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

लिभरपुलको जितमा नेवी काइटा र रोवर्टो फिर्मिनोले गोल गरे । लिभरपुलले अब उपाधिका लागि दक्षिण अमिरिकी च्याम्पियन ब्राजिलियन क्लब फ्लेमेङ्गोसँग खेल्नेछ ।

कतारको दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा नेवी काइटाले १२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै मोन्टेरेका लागि फुनेस मोरीले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटसम्म खेल १–१ कै बराबरीमा थियो ।

तर ८५ औं मिनेटमा डिभोक ओरिगीको स्थानमा मैदान प्रवेश गरेका फिर्मिनोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै लिभरपुको फाइनल यात्रा पक्का गरे ।

अब लिभरपुलले शनिबार फ्लेमेङ्गोसँग उपाधिका लागि खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय