+
+
Shares

नेपालीका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउ : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १४:०८

६ पुस, काठमाडौं । नेपाली कांग्रेसले नेपालीहरुका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसहितको टोलीले आइतबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो ध्यानाकर्षण गराएको हो ।

नेपालीलाई हङकङमा ट्रान्जिट भिषाको व्यवस्था नहुँदा मकाउमा रोजगारीका लागि पुग्ने युवाहरुले कठिनाइ भोग्नु परेको भन्दै कांग्रेसले त्यसको व्यवस्था मिलाउन सरकारसँग माग गरेको जनाएको छ ।

ज्ञापन पत्र बुझाउँदै प्रमुख सचेतक खाँणले ‘वर्क परमिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहेको र काठमाडौं–हङकङ–मकाउ उडान सबै भन्दा पायक र सहज रुट रहेकोबारे मन्त्री ज्ञवालीलाई जानकारी गराएका थिए ।

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?