+
+

सीमा सुरक्षा मन्त्रालय नै बनाउन नेकपा सांसदको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १७:४७

१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले सरकारलाई ‘सीमा सुरक्षा मन्त्रालय नै बनाउन सुझाव दिएका छन् ।

मंगलबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले छुट्टै सीमा सुरक्षा मन्त्रालय बनाउन सरकारलाई निर्देशन दिनुपर्ने बतचाए । छलफल चलिरहँदा सांसद लोहनीले भने, ‘सरकारलाई सीमा सुरक्षा मन्त्रालय नै बनाउन निर्देशन दिउँ न ।’

राज्यको लापरवाही र प्राथमिकतामा नपर्दा सीमा सम्बन्धी समस्या आएको बताउँदै सांसद लोहनीले सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आवश्यक काम गर्ने गरी मन्त्रालय नै बनाउँदा उपयुक्त हुने धारणा राखे ।

तर, अन्य सांसदहरुले सीमा सुरक्षाका लागि गृह मन्त्रालय रहेको भन्दै सांसद लोहनीको प्रस्तावलाई अस्वीकृत गरिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?