+

ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल, एपीएफ र सरस्वती भिड्ने

२०७६ पुष  १७ गते ८:०० २०७६ पुष १७ गते ८:००
ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल, एपीएफ र सरस्वती भिड्ने

१७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल हुँदैछ ।

अहिलेसम्म जित हात पार्न नसकेका विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब आज खेल्दैछन् । तीन चरणको खेल खेल्दासम्म गोलविहीन सरस्वतीले कुनै अंक जोड्न सकेको छैन ।

उता, एपीएफले एक खेल बराबरीबाट १ अंक मात्र जोडेको छ । दुई खेलमा एपीएफ पराजित भएको थियो । सरस्वतीले तीनवटै हेलमा हार बेहोरेको थियो ।

त्यसैले, आज दुवै टोली पहिलो जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन् । ३ खेलबाट १ अंक रहेको एपीएफ १२ औँ (पूछारबाट तेस्रो) तथा समान खेल खेलेको सरस्वती १४औं स्थानमा छ ।

एपीएफ र सरस्वती युथ क्लबबीचको खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय