+

टप एन्ड टी–२० सिरिज : डार्शी शर्टले एनटी स्ट्राइकको कप्तानी गर्ने

२०८३ भदौ  ३ गते १३:२७ २०८३ भदौ ३ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजका लागि डार्सी शर्टको कप्तानीमा एनटी स्ट्राइकले टोली घोषणा गरेको छ।
  • टोलीमा जोर्डन सिल्क, टम मेन्जिज र वेस एगरसहित गत संस्करण खेलेका छ जना खेलाडी पनि समावेश छन्।
  • नेपालले अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्दै सिरिज सुरु गर्नेछ र यसपटक अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टोली पठाएको छ।

३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजका लागि डार्सी शर्टको कप्तानीमा एनटी स्ट्राइकले टोली घोषणा गरेको छ ।

टोलीमा अस्ट्रेलियाका अनुभवी ब्याटर तथा विकेटकिपर डार्सी शर्टसँगै बिग ब्यास लिगका स्टार खेलाडी जोर्डन सिल्क, टम मेन्जिस, वेस एगर पनि समावेश छन् ।

गत संस्करणमा खेलेकामध्ये डार्शी शर्ट, क्याडेल म्याकमहोन, हामिस मार्टिन, जोर्डन सिल्क, म्याट ह्यामन्ड र टम मेन्जिज यसपटक पनि टोलीमा समावेश छन् ।

नेपालले टप एन्ड टी–२० सिरिजको आफ्नो पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले यसपटक सिनियर टोलीको सट्टा अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टोली पठाएको छ ।

एनटी स्ट्राइकको टोली : डार्शी शर्ट (कप्तान) क्याडेल म्याकमोहन, डाउट्जी हुगेनबोजेम, हामिस मार्टिन, हर्ष्टिक बिम्ब्राल, जगदेस्वरा कोडुरु, जोर्डन सिल्क, जुनैद मन्सुर, म्याट ह्यामन्ड, राइली मार्क, साम बार्कर, टम मेन्जिज, ट्रेन्ट म्याकभे, वेस एगर र विल ब्लेयर

एनटी स्ट्राइक टप एन्ड टी-२० सिरिज डार्शी शर्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय