Comments Add Comment

प्रोटिनको सप्लिमेन्टसँग सम्बन्धित तथ्य र भ्रम

प्रोटिन सप्लिमेन्टंसँग सम्बन्धित धेरै वटा भ्रमहरु छन् । जसका कारण मानिसहरु प्रोटिन सेवन गर्न डराउँछन् । प्रोटिन सप्लिमेन्ट सेवन गर्नु कत्तिको खतरनाक हुन्छ त ?

प्रोटिन सप्लिमेन्टको सेवनले वजन बढ्छ भन्ने बारेको भ्रम

वास्तवमा प्रोटिन तथा प्रोटिन शेकले सहजै वजनको कमी गर्न र दुब्लाउन सहयोग गर्छ भन्ने मान्यता छ । तपाईंको पेटमा जमेको बोसो पनि तीब्र गतिले घटाउँछ । जब तपाईं कुनै पनि रुपमा प्रोटिनको सेवन गर्नुहुन्छ भने तपाईंलाई आफ्नो पेट भरिएको महसुस हुन्छ । प्रोटिन सेवन गरेपछि तपाईं लामो समयसम्म खाना नखाई रहन सक्नुका साथै कम मात्रामा क्यालोरी खानुहुन्छ । यो तपाईंको वजन घटाउनका लागि महत्वपूर्ण कारण हुन्छ । तर, प्रोटिन धेरै मात्रामा सेवन गर्नाले यसको विपरित असर पनि पर्न सक्छ ।

प्रोटिन सप्लिमेन्ट सेवन गर्नाले हड्डी कमजोर हुन्छ भन्ने भ्रम

जुन मानिसले सही मात्रामा प्रोटिन सेवन गर्छन् । उनीहरुका अनुसार हड्डी भित्रको मासुलाई राम्रो बनाएर राख्छ र तिनीहरुमा ओस्टियोपोरोसिस र फ्याक्चर हुने खतरा पनि कम हुन्छ । यो महिलाहरुका लागि विशेष रुपले महत्वपूर्ण हुन्छ । जुन मेनापोजपछि अस्टियोपोरोसिस उच्च जोखिममा पुग्छ । त्यसैले पर्याप्त मात्रामा प्रोटिनको सेवन गर्नु र सक्रिय रहनु राम्रो उपाय हो ।

प्रोटिन सप्लिमेन्टको सेवन किड्नीका लागि पनि हानिकारक हुन्छ भन्ने भ्रम

धेरै मानिसहरुलाई हाईप्रोटिनको सेवनले किड्नीलाई नोक्सान पुर्‍याउँछ । उच्च प्रोटिन सप्लिमेन्टको सेवन किड्नीको समस्या भएका व्यक्तिहरुलाई नोक्सान पुर्‍याउनसक्छ भन्ने कुरा सही हो । तर, स्वस्थ किड्नी भएको व्यक्तिका लागि यी कुराहरुसँग कुनै सम्बन्ध हुँदैन । प्रोटिन सप्लिमेन्ट सेवन गरेपछि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक छ । जसका कारण किड्नीमा दबाब पर्दैन साथै शरीरका अन्य भागहरुमा पनि कुनै हानिकारक प्रभाव पर्दैन ।

प्रोटिन सप्लिमेन्ट केवल पशुहरुमा आधारित उत्पादनहरुमा मात्र हुन्छ भन्ने सोच्नु गलत हो । किनभने बजारमा प्लान्ट प्रोटिन पाउडरको ढाँचामा पनि उपलब्ध छ । जसले शरीरमा प्रोटिनको कमीलाई पूरा गर्छ । जुन व्यक्ति शुद्ध शाकाहारी हुन्छन् । उनीहरुले प्लान्ट बेस्ड प्रोटिनको प्रयोग गर्न सक्छन् । प्रोटिन शुद्ध शाकाहारीहरुका लागि अति नै उपयुक्त हुन्छ । जसले प्रोटिनलाई आफ्नो खानामा समावेश गर्न सक्दैनन् ।

तपाईं घरमा पनि प्लान्ट प्रोटिन बनाउन सक्नुहुन्छ । बदामहरुलाई मिसाएर पिनेर प्रोटिन तयार गर्न सक्नुहुन्छ । बजारमा सोया प्रोटिन पाउडर पनि उपलब्ध छ । जुन पूर्ण रुपमा प्राकृतिक र प्लान्ट बेस्ड हुन्छ । त्यसो त शाकाहारी बन्छु भन्ने कुरा पनि निरर्थक हो । हामी सबै जना दुध पिउँछौं, जुन शाकाहारी होइन । धेरै कुराहरुमा जनावरहरुको छाला प्रयोग गरिन्छ । विभिन्न कस्मेटिक उत्पादनहरुमा पनि जनावरहरुको शरीर भित्रबाट निस्कने विभिन्न पदार्थहरु पनि मिसाइन्छ । त्यसैले शुद्ध शाकाहारी हुनु धार्मिक अन्धविश्वासको निशानी हो ।

जति बढी प्रोटिन, त्यति नै राम्रो हुन्छ भन्ने भ्रम

केही मानिसलाई लाग्नसक्छ जति धेरै प्रोटिन आफ्नो खानामा समावेश गर्छन् । उनीहरुका लागि त्यति नै राम्रो हुनेछ । यद्यपि, त्यो केवल भ्रम मात्रै हो । प्रोटिनलाई हामीले आफ्नो शरीर अनुसार निर्धारित मात्रामा लिनुपर्छ । जस्तो ० दमशलव ५ देखि ० दशमलव ८ ग्राम ती एक जना व्यक्तिका लागि पर्याप्त हुन्छ । जसले शारीरिक रुपमा थोरै काम गर्नुपर्छ । एकदेखि १ दशमलव ५ ग्राम खेलाडीहरुका लागि पर्याप्त हुन्छ । जो निकै धेरै शारीरिक परिश्रम गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment