Comments Add Comment

एक महिनादेखि हलमा छैनन् नेपाली फिल्म

आज शुक्रबार कुनै पनि नयाँ चलचित्र हलमा लागेनन् । हुनत, विगत एक महिनादेखि कुनै पनि नेपाली चलचित्र हलमा छैनन् । मंसिरको अन्तिम साता रिलिज भएको नेपाली चलचित्र ‘प्रेम संसार’पछि हलमा नेपाली चलचित्र नै छैनन् । एक महिनादेखि नेपाली हलमा हिन्दी र अंग्रेजी चलचित्रको दबदबा छ ।

आजदेखि पनि २ नयाँ हिन्दी चलचित्र हलमा लागेका छन् । यो सिलसिला अझै केही समय कायम रहनेछ । हुनत, आउँदो शुक्रबार नेपाली चलचित्र ‘१२ सत्ताइस’ रिलिज हुँदैछ । नेपाली चलचित्रका निर्माताहरु जाडो मौसममा चलचित्र रिलिज गर्न खासै रुचाउँदैनन् । यसैले, पनि पौष महिनामा चलचित्र रिलिज नभएको हुनसक्छ ।

तर, यो बर्ष चलचित्र निर्माणमा समेत गिरावट आएकाले पनि पौष महिनामा चलचित्रको अभाव हलमा देखिएको हो । माघको १७ गते रिलिज हुन लागेको ‘कर्मा’ र २४ गते रिलिज हुन लागेको ‘साङ्लो र सेल्फी किङ्ग’पछि नेपाली चलचित्रले बजार तताउने अपेक्षा गर्न सकिन्छ ।

एक महिनादेखि हलमा नेपाली चलचित्र छैनन् भने करिब २ महिनादेखि नेपाली चलचित्रका लागि हलमा दर्शक छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment