Comments Add Comment

हैथाम बिन तारिक बने ओमानको नयाँ शासक

२६ पुस, काठमाडौं । हैथाम बिन तारिक ओमानको नयाँ शासक चुनिएका छन् । धेरै समय शासन गर्ने शासकमध्येमा पर्ने कबुस बिन सइदको शुक्रबार निधन भएपछि शनिबार हैथाम बिन तारिक नयाँ सुल्तान बनेका हुन् ।

संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथामलाई नयाँ राजा नियुक्त गर्ने निर्णय भएको सरकारी अधिकारीले शनिबार जनाएका छन् ।

आफ्नै बाबुलाई अपदस्थ गरी शासन हातमा लिएका सुल्तान कबुसको शुक्रबार ७९ वर्षको उमेरमा निधन भएको थियो । उनी अविवाहित भएकाले उत्तराधिकारी तोकिएको थिएन । त्यसैले उनको नातेदार हैथाम बिन तारिक ओमानको नयाँ राजा बनेका हुन् ।

सुल्तान कबुस आधुनिक अरबी देशका शासकमध्ये सबैभन्दा धेरै समयसम्म शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमानमा शासन गरे । उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहेका थिए । उनको क्यान्सरकै कारण निधन भएको हो ।

“हैथाम बिन तारिकले ओमानको नयाँ राजाको रुपमा सपथ ग्रहण गरेका सरकारी अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
ओमानको संविधानमा एक जना शासकको निधन भएपछि तीन दिनभित्र नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment