Comments Add Comment

टाटा मोटर्सको कार मेला बिर्तामोडमा सुरु

२७ पुस, काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स्को सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला सुरु भएको छ ।

कार मेला बिर्तामोड स्थित अलस्का अटोमोबाईल्स, टाटा शोरुममा बिहान ११ बेज देखि साँझ ७बजेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् ।

यस मेलामा ग्राहकहरुले ‘अन दि स्पोर्ट् फाइनान्सीङ’का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन र एक्सचेञ्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ ।
मेलाका प्रमुख आकर्षणहरुः
१. निशुल्क प्रबेश ।
२. अन दि स्पोर्ट् फाइनान्सिङ ।
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज लोयल्टी बोनस ।
४. टेस्ट ड्राइभको व्यवस्था ।
५. फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग साथै स्वादिष्ट परिकारहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment