Comments Add Comment

बाइपोलार डिसअर्डर : लक्षण र उपचार

कहिले एकदमै खुसी हुनु त कहिले चिन्ताग्रस्त हुनु सामन्य होइन । यसले बाइपोलार डिसअर्डरको संकेत गर्छ । यो एक जटिल मानसिक समस्या हो, जसले मानिसलाई आत्माहत्या गर्न समेत उक्साउँछ ।

मेनिया वा खुसीको चरण

यस चरणमा मानिस स्वंम आत्माविश्वासले भरिपूर्ण ठान्छन् । यदि उनीहरुमा निम्न लक्षण देखिए, तुरुन्तै चिकित्सककहाँ देखाउनुपर्छ ।

–     एकदमै खुसी व्यक्त गर्ने, जो उनको हाउभाउबाट प्रकट हुन थाल्छ । जस्तो कि, खुसीले उपि|mने, पैसा बाँड्ने ।

–     हरेक क्षण गीत सुनेको सुन्यै गर्ने ।

–     रातभर जागा रहने ।

–     छिटो छिटो कुरा गर्ने । तर, कुनैपनि कुरामा ध्यान नदिने ।

बाइपोलार डिसअर्डरमा दुई किसिमको स्थिती रहन्छ । एक उदासी र अर्को प्रशन्नता । उदासी हुनेमा व्यक्ति यतिधेरै डिप्रेस हुन्छ कि आत्माहत्या गर्नेसम्म सोंचमा पुग्न सक्छन् । खुसीको चरणमा चाहि उनीहरुमा बढी नै आत्माविश्वास झल्कन्छ । र, जे पनि गर्न तम्सिहाल्छन् । दुबै स्थितीमा मानिसले आफ्नो नियन्त्रण गुमाउँदै जान्छ । यसको असर केहि हप्ता, महिना वा बर्षसम्म रहिरहन्छ ।

डिप्रेसनको चरण

बाइपोलर डिसअर्डरको दोस्रो चरणमा डिप्रेसन हुन्छ । यसमा व्यक्ति सधै निरास र दुखी देखिन्छ । यदि कसैमा निम्न लक्षण देखिए चिकित्सककहाँ पुर्‍याउनुपर्छ ।

–     हरेक कुरामा आफ्नै हानी हुने कुरा गर्नु । मर्ने मनासय प्रकट गर्नु ।

–     कार्यलय एवं आफ्नो काममा एकदमै दुखित र निरास देखिनु ।

–     भविष्यका लागि सधै चिन्तित देखिनु ।

–     एकदमै आक्रमक हुनु ।

–     खुसीको माहौलमा पनि उदास हुनु ।

–     तौल घटबड भैरहनु ।

–     आफुले आफैलाई अपराधी महसुष गर्नु ।

के हो यसको कारण ?

यस बिरामीको कुनै कारण हुँदैन । कहिले जेनेटिक त कहिले न्यूरोट्रान्समिटर असन्तुलित हुने, एबनर्मल थाइराइड फक्सन, चिन्ताको कारण यस्तो हुन्छ ।

के छ त उपचार ?

बाइपोलार डिसअर्डर उपचार संभव छ र पीडितलाई सामन्य अवस्थामा फर्काउन सकिन्छ । यसका लागि मनोचिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

–     नियमित रुपले औषधीको सेवनले यस किसिमको बिरामी ठीक हुन्छ ।

–     यस किसिमको व्यक्तिका लागि पर्याप्त निन्द्रा आवश्यक हुन्छ ।

–     औषधीका साथै नियमित थेरापी पनि लिनुपर्छ ।

–     आफ्नो दुनियाँ छाडेर दोस्रोसँग कुराकानी गर्ने, घुलमिल हुने, घुमफिर गर्ने अभ्यास गराउनु पर्छ ।

–     प्रतिदिन व्यायाम र ध्यान गराउनु पर्छ ।

मिथक

धेरैले ठान्ने गरेका छ नि बाइपोलर डिसअर्डर ग्रसित व्यक्ति सामन्य जीवन व्यत्तित गर्न सक्दैनन् । तर, यो एकदमै गलत हो । विशेषज्ञका अनुसार यस किसिमको बिरामी उचित उपचार पाएपछि सामन्य अवस्थामा र्फकन्छ । सबै किसिमको जिम्मेवारी बहन गर्छन् ।

सयमा एक जना यस किसिमको समस्याबाट ग्रसित हुन्छ । सामन्यतः २० बर्ष उमेर पछि यस्ता रोगले समात्छ । तर कहिले कहिं १४ बर्षपछि पनि बाइपोलार डिसअर्डरले गाँज्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment