Comments Add Comment

मलाइकासँगको बिहेबारे अर्जुन भन्छन्–‘जब म बिहे गर्छु, कसैसँग लुकाउदिनँ’

नायक अर्जुन कपुर र नायिका मलाइका अरोराको प्रेम सम्बन्ध कसैसँग पनि लुकेको छैन । उनीहरुले, प्रेम सम्बन्धलाई सबैमाझ प्रस्तुत गरिसकेका छन् ।

मलाइकासँग केही बर्ष अघिदेखि नै प्रेममा रहेका अर्जुनलाई परिवारले बिहेका लागि दबाब दिन थालेका छन् । यो बिषयमा अर्जुन भन्छन्–‘म सबैको कुरा सुन्छु, तर आफ्नो मनले भनेको काम गर्छु । एउटा समय यस्तो आउँछ, जब तपाइको परिवारले तपाइलाई बिहेको बिषयमा दबाब दिन बन्द गर्छन् । तर, म मेरो परिवारलाई निराश बनाउदिनँ । म कुनै पनि फैसला गर्नु अगाडि मेरो परिवारलाई पनि त्यसमा सहभागी गराउँछु ।’

अर्जुनले आफूले बिहे गर्दा कसैसँग पनि नलुकाउने बताएका छन् । अर्जुन भन्छन्–‘म मलाइकाको साथमा सजिलो महशुश गर्छु । हाम्रो यो कुरालाई मिडियाले पनि राम्रोसँग वुझेको छ । म र मलाइकाको सम्बन्धलाई लिएर मिडियाको क्रियाकलाप कहिले पनि नराम्रो रहेन ।’

नायक अरबाज खानसँगको बैबाहिक जीवनलाई विश्राम दिएर मलाइकाले अर्जुनसँगको प्रेम सम्बन्धलाई खुलाएकी थिइन् । यसपछि, यो जोडी सार्वजनिक रुपमा देखिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment