Comments Add Comment

छापामा आज : अब बैंकिङ प्रणालीबाट मात्रै फेसबुक, युट्युबमा विज्ञापन

१ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् ।

फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैंकिङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको खबर गोरखापत्रले छापेको छ ।

यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैंकले यसलाई वैधानिक बनाउने तयारी सुरु गरेको समाचारमा उल्लेख छ ।

नेपालबाट वार्षिक करिब ५ अर्ब रुपैयाँ सामाजिक सञ्जालमार्फत विज्ञापनका रूपमा बाहिरिने गरेको छ ।

गोरखापत्रमा प्रकाशित समाचार अनुसार, सामाजिक सञ्जालमा विज्ञापन प्रकाशन, प्रसारण गराउन सर्वप्रथम त्यस्तो काम गर्ने संस्थाले राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायकसँग सम्पर्क गर्नुपर्नेछ । विज्ञापनको दर टुंगो लागेपछि त्यस्ता सेवा प्रदायकले सम्बन्धित संस्थाको नाममा इन्भ्वाइस जारी गर्नेछन् । सोही इन्भ्वाइसका आधारमा विज्ञापनको काम गर्ने संस्थाले बैंकमा रकम जम्मा गराउनुपर्नेछ ।

मिडियाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पोखेको असन्तुष्टिबारे कान्तिपुरले समाचार बनाएको छ । समाचार अनुसार सरकारले गरेका राम्रो कामको समाचार नै नबन्ने गरेको गुनासो प्रधानमन्त्रीले गरेका छन् ।

त्यस्तै नेपालको नक्साबारे अभियन्ताहरूले राखेको चासोलाई पनि कान्तिपुरले समेटेको छ ।

नयाँ लेआउटसहित आएको नागरिकले नेकपाको हाइकमान्ड विभाजित भएको दाबी गरेको छ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर सत्तारूढ नेकपाको सचिवालय विभाजित भएको समाचारमा उल्लेख छ ।

त्यस्तै, अन्नपूर्णले नदी दोहनबारे आज मुख्य समाचार बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment