+
+
Shares

१३५ किलोको ज्यान भएको आतंककारी पक्राउ, ट्रकमा हालेर जेल लगियो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १२:३३

इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो ।

आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान असम्भव भयो । जसका कारण शिफा अल निमा नामक उक्त व्यक्तिलाई ट्रकमा हालेर जेल लग्नुपरेको थियो ।

उक्त व्यक्तिको जीउको वजन १ सय ३५ किलो थियो । त्यो व्यक्तिको भिमकाय शरीर भएका कारण पक्राउ गर्न सुरक्षा फौज कोठाभित्रै जाँदा पनि ऊ ओछ्यानबाट उठ्न सकेको थियो ।

आइएस संगठनमा सो व्यक्ति जब्बा द जेहादी नामले चर्चित रहेको बताइएको छ ।

सुरक्षा बलको विरुद्धमा भड्काउ भाषण दिने जेहादी आइएसको शीर्ष नेतामध्ये एक रहेको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

जेहादीको गिरफ्तारी आइएसका लागि ठूलो झट्का भएको दाबी उनीहरुको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?