Comments Add Comment

स्याबास ट्राफिक प्रहरी !

तस्वीरः सुजन ढुङ्गाना

६ माघ, काठमाडौं । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली आहान छ । नेपाल प्रहरीमाथि पनि बेलाबेला यस्तै आरोप लाग्छ ।

तर ट्राफिक प्रहरीले त्यसलाई गलत सावित गरिदिएको छ । ट्राफिकले सोमबार पार्किङ निषेधित क्षेत्रमा राखिएको नेपाल प्रहरीकै गाडीको ‘ह्विल लक’ गरेको छ ।

अनामनगरमा ना१झ १४२५ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा रोकेर राखेको भेटिएपछि ‘ह्विल लक’ गरेर कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘यो भनेको ट्राफिक नियम उल्लंघन गर्ने कसैलाई पनि छाडिन्न भन्ने उदाहारण हो,’ उनले भने, ‘कसैले पनि नियम मिच्दा उन्मुक्ति पाउँदैन ।’

यो गाडी कुन प्रहरी इकाइको हो भन्नेचाहिँ खुलेको छैन । प्रहरी कार्यालयले नभइ ड्राइभरको गल्ती गरेकाले उसैलाई कारबाही हुने श्रेष्ठले बताए ।

यसअघि ट्राफिकले गृह मन्त्रालयका एक सहसचिव चढ्ने गाडीको पनि हि्वल लक गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment