
६ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाले पूर्वमेयर ध्यानबहादु राईको निधनको शोकमा मंगलबार बिदा घोषणा गरेको छ ।
नगर कार्यपालिका मातहतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
२०४९ सालमा धरानको मेयर बनेका राईको उपचारका क्रममा सोमबार निधन भएको हो । ६० वर्षीय राई क्यान्सरका बिरामी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4