+
+

‘ए मेरो हजुर ४’मा जोडिए सलोन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ८ गते १२:४८

सलोन बस्नेत मुख्य नायकको रुपमा चलेनन् । उनले लीड क्यारेक्टरको रुपमा काम गरेका चलचित्र बक्स अफिसमा खासै सफल छैनन् । तर, सलोन चलचित्रमा भने चटनीको रुपमा प्रस्तुत हुन्छन् ।

उनले, अभिनय गरेका चलचित्रमा मुख्य नायक नै छायामा पर्ने अवस्था आउँछ । उनै, सलोनलाई निर्देशक झरना थापाले फागुण १३ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘ए मेरो हजुर ४’मा पनि अनुवन्धित गरेकी छिन् ।

यो चलचित्रमा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहनेछन् । सलोनलाई दर्शकले अनमोलको साथीको रुपमा देख्न पाउनेछन् । उसो त, सलोनले झरनासँग सहकार्य गरेको यो पहिलो चलचित्र भने होइन । ‘ए मेरो हजुर २ र ३’मा पनि उनले काम गरेका थिए ।

यसरीहेर्दा, सलोनबिना यो हिट सिरिज अपुरो नै रहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?