
११ माघ, नवलपुर । पूर्वीनवलपरासीको गैंडाकोटमा शुक्रबार राति टिपरको ठक्करबाट एक जनाको निधन भएको छ ।
ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको हो ।
बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएकोमा त्यहीँ उनको निधन भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गंैडाकोट–५ का २६ वर्षीय शशि कपुर केसी घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ ।
ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4