
१५ माघ, काठमाडौं । काठमाडौंमा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको छ । सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको हत्या भएको हो ।
अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् ।
एक साताअघि उनको हत्या भए पनि ढिला गरी सार्वजनिक भएको हो । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको बताए ।
घटनाका विषयमा अनुसन्धान भइरहेको उनले अनलाइनखबरलाई बताए ।
अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4