+

त्रिकोणात्मक सिरिज : नेपालका लागि प्रमाणित गर्ने अवसर

२०७६ माघ  २१ गते २१:५० २०७६ माघ २१ गते २१:५०
त्रिकोणात्मक सिरिज : नेपालका लागि प्रमाणित गर्ने अवसर

२१ माघ, काठमाडौं । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेल्दैछ । भोलि बुधबार विहान त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा सुरु गर्नेछ ।

नेपालसँगै ओमान र अमेरिकाले एकआपसमा २(२ खेल खेल्ने सिरिजको तयारी लगभग पुरा भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार साँझ पत्रकार सम्मेलन गरी तयारी करिब सकिएको जानकारी दिएको छ ।

ऐतिहासिक सिरिजलाई लिएर नेपाली खेलाडी, समर्थकसँगै क्रिकेट संघ पनि उत्साहित छ ।

किनकी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट निलम्बन फुकुवा भएपछि पहिलो पटक कुनै पनि प्रतियोगिता गर्दैछ । तर दुई दिनअघि मात्र आएको मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाको खबरले अर्को तरंग ल्याइदिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट संघका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष उपस्थित थिए । अधिकांश समय सचिव अशोकनाथ प्याकुरेलले सिरिजको तयारी, यसको चुनौती र अवसरबार प्रष्ट पार्ने प्रयास गरेका थिए । ‘हाम्रो लागि यो सिरिज ठूलो टेष्ट हो’ प्याकुरेलले शुरुमै भने, ‘क्यान निलम्बन फुकूवा भएपछि हामीलाई एउटा च्यालेन्ज छ । अब तयो पार गर्ने मौका आएको छ । क्यानले पनि गर्न सक्छ भनेर देखाउने मौका आएको छ ।’

व्यवस्थापनको पाटो सबैभन्दा चुनौतीपूर्ण भएको उनले बताए । ‘भर्खरै फुकूवा भएर आएको क्यानले अफिस राख्न कठिन भइरहेको बेला यो लिग २ गर्नु चुनौतीपूर्ण छ’ प्याकुरेलले भने, ‘यस्तो अवस्थामा पनि हामीले सिरिज सफल गर्न सक्यौं भने यो चुनौती नै हाम्रा लागि प्रमाणित गर्ने अवसर हुनेछ ।’

उनकाअनुसार सिरिज अवधीभरी कीर्तिपुर मैदानमा सुरक्षा व्यवस्थामा पनि विशेष ध्यान दिइनेछ । ‘हामीले सबै सुरक्षा निकायसँग बसेर छलफल गरेका छौँ । नेपाल पुलिस, सशस्त्र प्रहरीसँग सहकार्य गरेर योजना बनाएका छौं’ प्याकुरेलले भने, नेपालको खेल हुँदा ७(८ सय पुलिस राख्नेछौं । आवश्यक परेको खण्डमा फिल्ड प्ले लगायत स्थानमा प्राइभेट सेक्युरिटी समेत राख्नेछौं ।’

त्रिकोणात्मक सिरिजलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव प्याकुरेलले बताए ।

टिकटको जिम्मा नेपालयलाई दिइएको छ र, एउटा खेलका लागि दुई सय रुपैयाँको टिकट छ ।

प्रशिक्षकको राजीनामाले ल्याएको तरंग

मैदान बाहिर क्यानको व्यस्थापन र मैदानमा खेलाडीको प्रदर्शन कस्तो होला भनेर बहस भइरहेको बेला सोमबार आएको एउटा खबरले क्रिकेट जगतमा तरंग नै ल्यायो । सिरिज शुरु हुनु दुई दिन अघि मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाको खबरले क्रिकेटप्रेमी आश्चर्यमा परे । केहीले सही मान्दा केहीले गलत ।

सुरुमा यसबारे बोल्न नचाहेको क्रिकेट संघले मंगलबार भने आफ्नो धारणा सार्वननिक गरेको छ । क्यानका सचिव प्याकुरेलले क्यान निलम्बन हुँदा आईसीसीलै नै प्रशिक्षक नियक्त गरेकाले राजीनामाबारे पनि उसले नै बोल्ने बताएका छन् ।

पटवालले आईसीसीलाई पठाएको राजीनामाको बोधार्थ क्यानमा आएको स्वीकार गदैए उनले भने, अब के गर्ने ? के हो कसो हो भनेर आईसीसी र राखेपले बोल्छ ।’

नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि राजीनामाबारे प्रशिक्षकले आफूहरुलाई जानकारी गराएको तर आफूहरु सिरिजमा केन्द्रित रहेको बताए ।

टिम तयार

सिरिजमा देखिने सबैभन्दा मुख्य विषय खेल नै हो । नेपाली टिम र खेलाडीले मैदानमा गर्ने प्रदर्शन नै हो । खेल जिते सबैले वाह् वाह् गर्नेछन् भने हारेमा खराब खेले भन्नेछन् । त्यसैले ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको १४ सदस्यीय नेपाली टोलीले पनि सिरिजलाई चुनौती र अवसरको रुपमा लिएको छ ।

‘पोखरादेखि यहाँसम्म आउँदा समग्रमा प्राक्टिस म्याच र प्रशिक्षक राम्रो भयो । हामी सबै जना उत्साहित छौं’ उनले भने, ‘नेपालमा पहिलो पटक ओडीआई सिरिज हुँदैछ र हामी घरेलु मैदानको फाइदा उठाउँदै अगाडि बढ्न चाहन्छौं ।’

नेपालले बुधबार ओमानसंग खेल्दै सिरिजको शुरुवात गर्नेछ । ओमान सन् २०१२ पछि पहिलो पटक नेपाल आएको हो भने नेपालले २०१३ यता उसलाई हराउन सकेको छैन । त्यसैले पनि ७ वर्षपछि घरेलु मैदानमा ओमानविरुद्ध जित हात पार्दै नेपाल पछिल्ला हारको बदला लिने योजनामा छ ।

नेपालले बिहीबार अर्को टिम अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अमेरिका सन् २०१० पछि पहिलो पटक नेपाल आएको हो । त्यो टिममा रहेका कुनै पनि खेलाडी अहिले अमेरिकी टिममा छैनन् । यस्तै नेपाललाई डिभिजन ५ को उपाधि जिताउँदा कप्तान र उपकप्तानसहित ४ खेलाडी भने अहिले पनि नेपाली टिममा छन् ।

नेपाल जस्तै बाँकी दुई देशका कप्तानले पनि यो सिरिजका लागि राम्रो तयारी गरेको र नेपालमा खेल्न उत्साहित रहेको बताए । ओमानका कप्तान जिसन मक्सुदले नेपाल र अमेरिका राम्रो टिम रहेकाले राम्रो क्रिकेट खेल्नुपर्ने बताए । ‘हामीलाई थाहा छ, दुवै राम्रो टिम हुन् । लिग २ को शीर्ष तीनमा पर्ने हो भने हामीले राम्रो क्रिकेट खेल्नुपर्छ’ उनले भने, ‘हामीले कडा मेहनत गरिरहेका छौं । खेलाडीहरु सबै फिट छन् । आफ्नो प्रदर्शन देखाउन भोकाएका छन् ।’

नेपाली दर्शक अगाडि खेल्दा दबाब हुने उनले सुनाए । ‘म यहाँ २०१२ मा आएको थिएँ । नेपाली फ्यान मैदानमा धेरै हुन्छन् र कस्तो दबाब हुन्छ भनेर मलाई थाहा छ’ उनले भने, ‘उनीहरु चियरिङ गर्छन्, त्यसैले हामीलाई पनि बुस्ट गर्छ ।’

यस्तै अमेरिकी टिमका कप्तान सौरभ नेत्रभाल्करले पनि दुई विपक्षी राम्रो रहेको र नयाँ कन्डिसन भएकाले चुनौती रहेको बताए । ‘हाम्रो लागि यहाँको कन्डिसन फरक छ । हामीले आज प्राक्टिस ग‍¥यौँ । हामी यहाँ एडजस्ट हुने प्रयासमा छौं’ सौरभले भने, ‘दुई राम्रो टिम छन्, च्यालेन्ज पनि छ हाम्रो लागि ।’

आफ्नो टिममा धेरै नयाँ खेलाडी रहेको र उनीहरु पहिलो पटक नेपाल आएको भन्दै उनले भने, ‘यहाँको कन्डिसनअनुसार नेपालविरुद्ध खेल्नु ठूलो चुनौती हो ।’

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय