Comments Add Comment

कोरोनाविरुद्धको लडाइँमा रोबोटको साथ

कोरोना भाइरसको संक्रमणका कारण अहिले चीनको जनजीवन त्रस्त छ । संक्रमणको त्रासले अत्यावश्यकीय औषधिलगायतका उपभोग्य सामानहरूको आपूर्ति प्रणालीमा समेत चुनौती थपिएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा चीन सरकारले धैर्यतापूर्वक युद्धस्तरमा काम गरिरहेको छ र सरकारको यो लडाइँमा रोबोटले समेत साथ दिएको छ ।

चीनका कैयन क्षेत्रहरूमा रोबोटको सहायताले औषधि तथा अन्य अत्यावश्यकीय उपभोग्य सामग्रीहरूको आपूर्ति गर्न थालिएको छ ।

औषधि कम्पनीहरूले चिकित्सा सामग्रीहरूको वितरणमा आधुनिक प्रविधिको सहायता लिइरहेका छन् । जिंगडंग लजिस्टिक कम्पनीले आफ्नो आधिकारिक विच्याट विज्ञप्तिमार्फत कम्पनीका उत्पादनहरूको वितरणमा रोबोटलगायतका प्रविधिले महत्त्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ । अर्थात् औषधिलगायतका अत्यावश्यकीय सामानहरूको ढुवानी तथा वितरणमा ड्रोनदेखि रोबोटसम्मका प्रविधिहरू ग्राउण्ड जिरोमा खटिएका छन् ।

जिंगडंग लजिस्टिकको तर्फबाट अहिले चीनभर गरी ७० भन्दा धेरै आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्चालित वेयरहाउसहरू सञ्चालनमा रहेका छन् । जसमा Earth Wolf, Sirius तथा AGV जस्ता विख्यात रोबोटहरूले काम गरिरहेका छन् ।

उच्च मागलाई सम्बोधन गर्नेगरी आपूर्ति गर्ने कार्यमा यी रोबोटहरूले लगातार काम गरिरहेका छन् । त्यस्तै जेडी लजिस्टिक नामक अर्को आपूर्ति कम्पनीले पनि चीनमा लजिस्टिकको क्षेत्रमा ठूलो हिस्सा ओगटेको छ । यसले पनि इन्टेलिजेन्स लजिस्टिक सेवाको माध्यमबाट कोरोना भाइरसविरुद्धको संघर्षमा उत्कृष्ट कार्य गरिरहेको छ । यसले अहिलेसम्म रोबोटको माध्यमबाट कैयन् क्षेत्रहरूमा औषधिलगायतका उपभोग्य सामानहरूको आपूर्ति गरिसकेको छ । औषधि तथा अन्य बन्दोबस्तीका सामानहरूको चुस्त आपूर्ति तथा वितरणका कारण कैयन् क्षेत्रमा कोरोना भाइरसको रोकथाम तथा संक्रमण फैलिन नदिने कार्यमा समेत सहयोग पुगेको बताइउको छ ।

रोबोटको सहयोगले औषधिको वितरणलाई तिव्रता दिँदा केवल संक्रमणको खतरा कम हुनेमात्र होइन भविष्यको इन्टेलिजेन्स प्रविधिले चिकित्सा क्षेत्रमा समेत ठाउँ बनाउन सफल भएको छ ।

स्मरण रहोस् चीनमा कोरोना भाइरसको असरबाट इलेक्ट्रोनिक्स कम्पनीहरूलाई पनि ठूलो असर परिरहेको छ । एप्पल तथा सामसुङका अलावा शाओमीले पनि चीनभर आफ्ना पसल तथा शोरुमहरू बन्द गरेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment