+
+

सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १४:४३

२३ माघ, काठमाडौं । रुपन्देहीको सैनामैना सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको हो ।

श्रेष्ठले पटक–पटक सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगले उनलाई नियन्त्रण्मा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा श्रेष्ठले सेवाग्राहीसँग काठ उपलब्ध गराउन फिल्ड भेरिफिकेशन गरिदिएबापत ५ हजार घुस लिएको तथ्य पुष्टी हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?