Comments Add Comment

यातायात ब्यबस्था कार्यलय विराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन

२३ माघ, काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात ब्यबस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिराटनगर स्थित यातायात ब्यबस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको २०७६ माघ २२ गते बिराटनगरका यातायात ब्यबस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले एक समारोहका विच उद्घाटन गरे ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात ब्यबस्थापन कार्यलयम्ाा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात ब्यबस्थापन कार्यलयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment