७ फागुन, काठमाडौं । कोभिड-१९ (कोरोना भाइरस)बाट दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
६ जना बाहेक सबैको मृत्यु चीनमा भएको हो । चीनको मुख्यभूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एक/एक जनाको मृत्यु भएको हो ।
कोरोनाबाट गम्भीर संक्रमित मध्ये १२ प्रतिशतको मृत्यु भएको छ भने ८८ प्रतिशतले भने स्वास्थ्य लाभ गरेका छन् ।
चीनको वुहानबाट फैलिएको यो भाइरसबाट १६ हजार ७३१ जना गम्भीर संक्रमणमा परेका थिए ।
सबै देशमा गरेर अहिलेसम्म ७५ हजार २१६ मा कोरोनाको संकेत देखा परेको छ । जसमध्ये करिब १५ हजार निको भइसकेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4