Comments Add Comment

कोरोना भाइरसले शरीरमा कसरी हानी पुर्‍याउँछ ?

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोविड १९) ले २६ वटा भन्दा धेरै देशहरुमा आतंक मच्चाएको छ । हरेक दिन मानिसहरु यो खतरनाक भाइरसको चपेटामा आइरहेका छन् । भाइरसबाट संक्रमित मानिसहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । भाइरसलाई गम्भीरता पूर्वक लिँदै विश्व स्वास्थ्य संगठनले संसारभरीमा स्वास्थ्य आपतकालीन घोषण गरेको छ ।

यो भाइरसका कारण मर्नेहरुको संख्या १,८८६ भन्दा धेरै भएको छ । सबैभन्दा धेरै मानिसहरु चीनमा मरेका छन् ।  चीन बाहिर कोविड १९ भाइरसले पाँच जना मानिसहरुको मृत्यु भएको छ । भाइरसबाट संक्रमित मानिसहरुको संख्या ७३,३२५ भन्दा धेरै भएको छ । कोरोना भाइरसबाट संक्रमित भएपछि शरीको अंगहरु कस्तो हुन्छ भन्ने बारेमा केहि जानकारीहरु निम्न प्रकार छ ।

फोक्सोलाई यसरी पुर्‍याउँछ हानी 

कोविड १९ भाइरसबाट संक्रमित बिरामीहरुको प्रायः फोक्सो बिग्रन्छ । फ्लू जस्तै कोरोना भाइरस पनि सास सम्बन्धि रोग हो । यो भाइरस त्यस समयमा फैलन्छ, जब यो भाइरसबाट संक्रमित व्यक्तिले खोक्ने अथवा हाछ्यूँ गर्छ । यो रोगको विरामीसंगको नजिकको सम्पर्कमा आउँदा पनि यो भाइरसले प्रभावित गर्छ । यसको लक्षण पनि फ्लूको लक्षण जस्तै हुन्छ । यसमा ज्वरो आउने  र सास फेर्न गाह्रो हुनुको साथै टाउको पनि भारी भएको महसुस हुन्छ । यही प्रकारको लक्षण निमोनियामा पनि हुन्छ ।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिको फोक्सोलाई तीन चरणहरुमा चपेटामा लिन्छ ।

-भाइरल रिप्लिकेशन (भाइरलको रुपमा)

-इम्यून हाइपर (रिएक्टिविटी-प्रतिरक्षाको उच्चता)

-पल्मनेरी डिस्ट्रेक्शन (फोक्सोको विनाश हुने)

तर कोरोनाबाट संक्रमित सबै विरामी यी तीन चरणहरुबाट पार हुँदैनन् । २५ प्रतिशत मानिसहरुको शरीरमा अक्सिजनको कमी हुन्छ र सास रोकिन्छ । ८२ प्रतिशत कोविड १९ बाट संक्रमित विरामीहरु गम्भिर स्थितिमा पुग्छन् । तुरुन्त मृत्यु भने हुँदैन ।

जसरी निमानियाले दुवै फोक्सोलाई संक्रमित गर्छ, त्यसरी कोरोना भाइरसले पनि दुवै फोक्सोलाई आफ्नो चपेटामा लिन्छ र सास फेर्न गाह्रो हुन थाल्छ । फोक्सो संगसंगै हाम्रो शरीरको प्रतिरक्षा कोशिकाहरु पनि मर्न थाल्छन् । कोरोना भाइरसले इबोला र फ्लू भन्दा धेरै तिव्र गतिले फोक्सोलाई हानी पुर्‍याउँछ र फोक्सामा  क्षति पुग्ुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले बिरामीको फोक्सोमा प्वाल पारिदिन्छ । कोरोना भाइरसका कारण मृत्यु हुनेहरुमा प्रायः जसोको फोक्सोमा अक्सिजन नपुग्नाले सास फेर्न गाह्रो हुन्छ, जसका कारण मृत्यु भएको हुन्छ ।

कसरी कोरोनाले पेटमा हानी गर्छ ?

सार्स र मर्स आउटब्रेकको क्रममा प्रायः बिरामीहरुलाई पातलो दिशाको समस्या देखिएको थियो । वैज्ञानिकहरु भन्छन् -‘कोरोना भाइरस ग्यास्टिक बढाउनमा कतिको महत्वपूर्ण भुमिका निभाउँछन भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’

कोरोनाका नयाँ केशहरुमा पातलो दिशा हुने र पेट दुख्ने समस्याहरु कम नै देखिएको छ । कोरोना भाइरस जब कुनै व्यक्तिको शरीरमा प्रवेश गर्छ, तब यसले शरीरको कोशिकाहरुलाई नष्ट गर्न थाल्छ । यसले शरीरको कोशिकाहरुमा तिव्र गतिमा आक्रमण गर्न थाल्छ र टिश्युहरुलाई पनि निस्क्रिय गरिदिन्छ ।

सार्स र मर्सको भाइरसले विरामीको अन्द्रालाई पंक्तिबद्ध गर्ने कोशिकाहरुलाई क्षति पुर्‍याउने भएकाले बिरामीलाई पातलो दिशा लाग्ने समस्या हुन्छ । तर कोविड १९ ले पनि यस्तो समस्या उत्पन्न गराउँछ कि गराउँदैन भन्ने बारेमा अहिले स्पष्ट भएको छैन ।

कोरोना भाइरस शरीरको शरीरको अन्य तन्त्रहरुलाई पनि प्रभावित गर्न सक्छ । मर्सको ९२ प्रतिशत विरामीहरुमा फोक्सो बाहेक शरीरको अन्य अंगहरुमा पनि प्रभाव हुन्छ भन्ने कुरा सन् २०१४ मा भएको एउटा सर्वेक्षणमा भनिएको थियो । यस्तो प्रभाव सम्पूर्ण शरीरमा हुन सक्छ । कोरोना भाइरसका कारण लिभर पनि नष्ट हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment