 
																			१३ फागुन, दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका-१ जिते बजारस्थित कर्णाली नदीमा मंगलबार बिहान जीप खसेको छ ।
दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
रासकोटबाट जितेगडा यात्रु पुर्याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको हो । यात्रु झारेर ब्याक गर्दा दुर्घटना भएको जीपमा चालक मात्र रहेको डीएसपी ओलियाले बताए ।
नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4