+
+

बुटवलमा औद्योगिक तथा कृषि प्रविधि प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १४:५५

१३ फागुन, बुटवल । बुटवलमा लघु, घरेलु साना तथा औद्योगिक कृषि प्रविधि प्रदर्शनी हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति प्रदेश ५ को आयोजनामा आगामी फागुन २१ देखि चैत्र २ गतेसम्म प्रदर्शनी हुन लागेको हो ।

‘मेहनत, सिर्जना, उत्पादन र वस्तु : मेरै देशको’ भन्ने नाराका साथ बुटवल–११ देवीनगरमा हुने प्रदेश स्तरीय प्रदर्शनीमा तीन सय बढी स्टलहरु रहने आयोजकले जनाएको छ । स्वदेशी वस्तुको प्रवर्द्धनका लागि प्रविधिमा विशेष प्राथमिकता दिइएको प्रदर्शनीले स्थानीय उत्पादनहरुको दिगो बजारीकरणमा सहयोग पुर्‍याउने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति प्रदेश नं ५ संयोजक शान्ती शर्माले जानकारी दिइन् ।

महोत्सवमा उद्योग, कृषि, वन पैदावार, हस्तकला, उर्जासँग सम्बन्धित नयाँ प्रविधि, मेशिनरी औजारसहित पर्यटन प्रवर्द्धनका स्टलहरु समेत रहने संयोजक शर्माले बताइन् । सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारिरहेको सन्दर्भमा त्यसलाई टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताइन् ।

राष्ट्रिय तथा स्थानीय स्तरका लघु, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तु तथा सामग्रीहरु र प्रदेश नं ५ का मौलिक संस्कृतिहरुको प्रदर्शनी गरिने महोत्सवमा ५ लाख बढी दर्शकको सहभागिता रहने र एक करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?