Comments Add Comment

कोरोना भाइरसको संक्रमणपछि बच्न कत्तिको सम्भव ?

संसारभरी कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या तीन हजारभन्दा नाघिसकेको छ । त्यस्तै, कोरोना भाइरसबाट ९० हजारभन्दा बढी मानिसहरु संक्रमित भएको पुष्टि भइसकेको छ । चीन बाहिर कोरोना भाइरसको सबैभन्दा ठूलो समस्या इरान, दक्षिण कोरिया तथा इटालीमा भएको छ ।

यो भाइरसका कारण मृत्यु हुनेहरुमा बृद्धाहरुको संख्या धेरै भएको बताइएको छ । तर, कोरोना भाइरसको संक्रमित भएका मानिसहरुमध्ये कति जनाको मृत्यु भइरहेको छ ? भन्ने प्रश्न गम्भीर छ । सर्वेक्षणकर्ताहरुका अनुसार कोरोना भाइरसबाट संक्रमित प्रति एकहजार व्यक्तिहरु मध्ये नौ व्यक्तिको मृत्यु हुने आशंका गरिएको छ ।

तर, कोरोना भाइरसबाट संक्रमित भएपछि कुनै व्यक्तिको मृत्यु हुने अथवा उक्त व्यक्ति बच्छ भन्ने कुराका भिन्दा– भिन्दै कारक तत्वहरुमा निर्भर गर्छ । ती कारकहरुमा संक्रमित व्यक्तिको उमेर, लिंग, उनीहरुको सामान्य स्वास्थ्य र उनीहरु जुन देशमा रहेका छन् । त्यहाँको स्वास्थ्य व्यवस्था पनि समावेश छन् ।

मुत्यु दर निकाल्न कत्तिको कठिन छ ?

कोरोना भाइरसबाट संक्रमण भएपछि कति मानिसहरुको मृत्यु भयो ? भन्ने तथ्यांक निकाल्न धेरै कठिन छ । त्यस्तो स्थितिमा भाइरसबाट संक्रमण भएका धेरैजसो कुराहरु स्वास्थ्य व्यवस्थाको नजरबाट ओझेलमा रहन्छ । किनभने संक्रमित भएका मानिसहरुमा लक्षण धेरै सामान्य हुन्छ । जसका कारण उनीहरु डाक्टरकहाँ जचाउनका लागि जाँदैनन् ।

संसारभरीमा अहिले कोरोना भाइरससँग सम्बन्धित मृत्युदरबारे फरक फरक तथ्यांक पाइएको छ । इम्पेरियल कलेजका सर्वेक्षणकर्ताहरुका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको दर भिन्दा–भिन्दै देखिनुको कारण भिन्दा–भिन्दै देशहरुमा स्वास्थ्य व्यवस्थाहरुले देख्ने कुराहरु तथा पत्ता लगाउने दक्षता फरक–फरक छ ।

त्यस्तो अवस्थामा जब संक्रमित हुने सबै व्यक्तिहरुको गणना हुँदैन र त्यसबाट जुन मृत्यु दर निस्कन्छ, त्यो वास्तविक मृत्यु दरभन्दा धेरै हुन्छ । किनभने मृत्यु दर निकाल्नका लागि मर्ने मानिसको कुल संख्यालाई संक्रमित हुने मानिसको कुल संख्याबाट विभाजन गर्ने गरिन्छ ।

संक्रमणको क्रममा मृत्यु

कुनै पनि व्यक्ति संक्रमित भएपछि उ ठीक हुन अथवा संक्रमणका कारण मृत्यु हुन समय लाग्छ । यदि तपाईंहरु त्यस्ता मुद्दाहरु जसमा अहिलेसम्म यसको लक्षण पनि देखिएको छैन भने तपाईं मृत्युदर कम मूल्याकंन गर्नुहुन्छ । किनभने तपाईंको मूल्यांकनमा मर्ने मानिसको संख्या त्यो हुँदैन । जसको यो भाइरसका कारण मृत्यु भएका हुन्छ ।

वैज्ञानिकहरुले यी सबै प्रश्नहरुसँग सम्बन्धित प्रमाणहरुलाई एकत्रित गरेर मृत्युदर निकाल्नका लागि एउटा कोसिस गरेका छन् । उदाहरणका लागि वैज्ञानिकहरुले एउटा फ्लाइटबाट आफ्नो देश फर्कने मानिसहरुमा नजर राखेर उनीहरु मध्येबाट बिरामी हुनेहरुको संख्याको आधारमा एउटा अनुपात निकाल्न सक्छन् । वैज्ञानिकको सानो समूह जस्तै फ्लाइटबाट फिर्ता हुने मानिसहरुको समूहमा ध्यान केन्द्रित गरेर त्यो फ्लाइटमा सहभागी भएका भाइरसबाट संक्रमित हुने मानिसहरुको अनुपात निकाल्छन् ।

तर, यसप्रकारको कोसिसबाट प्राप्त भएका प्रमाणहरुमा सामान्य परिर्वतनले पनि कोरोना भाइरससँग सम्बन्धित ठूलो परिदृश्यलाई परिर्वतन गर्नमा ठूलो भूमिका निभाउँछ । यदि तपाईं केवल चीनको हुबे प्रान्तको आँकडा निकाल्नु हुन्छ । जहाँ मृत्युदर चीनका बाँकी भूभागको तुलनामा अति नै धेरै थियो । त्यसलाई हेर्ने हो भने तपाईंले कोरोना भाइरसको मृत्युदर धेरै पाउने गरिन्छ ।

३० वर्ष भन्दा कम उमेरका मानिसहरु कोरोना भाइरसबाट मर्ने दर सबै भन्दा कम देखिएको छ । यस्ता ४५ सय मुद्दाहरुमा केवल ८ व्यक्तिहरुको मृत्यु भएको थियो । त्यस्तै, पुरुषहरुको मृत्युदर महिलाहरुको तुलनामा धेरै थियो । त्यस्तै, हरेक भौगोलिक क्षेत्रमा हरेक किसिमका मानिसहरुलाई कतिको जोखिम छ भन्ने कुराको अहिले कुनै स्पष्ट जानकारी छैन ।

यदि चीन, यूरोप र अफ्रिकामा रहने कुनै ८० वर्षीय बृद्धलाई कोरोना भाइरसबाट हुने जोखिमको अनुमान लगाउने हो भने चीनमा भएका ८० वर्षीय बृद्ध नागरिकलाई कोरोना भाइरसको धेरै खतरा हुन सक्छ ।

तपाईंको मेडिकल स्थिति कस्तो हुन्छ भन्ने कुरा तपाईंलाई कस्तो प्रकारको उपचार भइरहेको छ भन्ने कुरामा निर्भर गर्छ । यसका साथै कुनै व्यक्ति यो रोग फैलँदा कस्तो स्तरमा संक्रमित भएको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

यदि महामारी फैलियो भने स्वास्थ्य व्यवस्था बारम्बार उत्पन्न भइरहेको संक्रमणको केशहरुबाट घेरिन्छ । किनभने कुनै पनि निश्चित समयमा एउटा निश्चित स्थानमा एउटा सीमित संख्यामा भेन्टिलेटर र आईसीयु उपलब्ध हुनसक्छ ।

के यो फ्लू भन्दा धेरै खतरनाक छ ?

हामी कोरोना भाइरसको मृत्युदरको तुलना फ्लूसँग गर्न सक्दैनौं । किनभने हामी हल्का ज्वरोको लक्षण देखिँदैमा डाक्टर कहाँ जाँदैनौं । त्यस्तो स्थितिमा हरेक वर्ष फ्लू कुनै अन्य नयाँ भाइरसका विभिन्न मुद्दाहरु अगाडि आउँछ भन्ने कुराको बारेमा हामीलाई थाहा हुँदैन । तर, फ्लूको कारण आज पनि जाडो मौसममा बेलायतमा मानिसहरुको मृत्यु हुन्छ ।

तर, जस्तो तथ्यांकहरु अगाडि आइरहेका छन्, बेलायतमा कोरोना भाइरस फैलने स्थितिमा सबैभन्दा धेरै जोखिम कस्ता किसिमका मानिसहरु हुन्छन् भन्ने कुरा वैज्ञानिकहरुले स्पष्ट गर्नमा सक्ष्ँम हुन सक्छन् । विश्व स्वास्थ्य संगठनबाट एउटा सामान्य राय के आएको छ भने तपाईं हात धोएर, खोक्दा अथवा हाछ्यूँ गर्दा मानिसहरुबाट टाढा रहेर र आफ्नो नाक, आँखा र मुखलाई छुनबाट बचेर तपाईं सास फेर्नेसँग सम्बन्धित सबै भाइरसहरुबाट स्वयंलाई बचाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment