+

रोनाल्डोले मिस गरे फ्यानसँगको ‘हाई फाइभ’

२०७६ फागुन  २६ गते १३:३९ २०७६ फागुन २६ गते १३:३९
रोनाल्डोले मिस गरे फ्यानसँगको ‘हाई फाइभ’

कोरोना भाइरस (कोभिड १९) ले गर्दा अहिले विश्व खेलकुद प्रभावित बनेको छ । चीनबाट फैलिएको कोरोना अहिले विश्वको १०० भन्दा बढी देशमा पुगेको छ ।

कोरोना भाइरसकै कारण इटलीमा फुटबल खेलहरु क्लोज डोर्स (दर्शक बिनै) खेलाउन थालिएको छ ।

जसको असर फ्यान र खेलाडीमा परेको छ । आइतवार राति युभेन्ट्स र इन्टर मिलान बीचको खेल खाली मैदानमा भयो । जहाँ दर्शकको उपस्थिति थिएन । कोरोना संक्रमणको कारण सरकारले नै ३ अप्रिलसम्म खेलहरु दर्शकबिनै खेलाउन निर्देशन दिएको छ ।

यसको असर रोनाल्डोमा पनि देखियो । उनले मैदान जानुअघि प्यानसंग हाई फाइभ मिस गरे । दर्शक नभए पनि उनले हाई फाइभ गरेको बहाना गरे । टिम बसबाट बाहिर निस्केपछि फ्यान नभए पनि उनले यसो गरेका हुन् । युभेन्ट्सको घरेलु मैदान टुरिनस्थित एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २-० ले हरायो । तर त्यहाँ फ्यान थिएनन् ।

यस्तै रोनाल्डोले उक्त खेलमा गोलसमेत गर्न सकेनन् । उनले लगातार ११ खेलपछि गोल गर्न नसकेका हुन् ।

इन्टर मिलानका अध्यक्ष स्टेभेन झाङले क्लोज डोर्समा खेल्ने अभियानको समर्थन गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२