२७ फागुन, काठमाडौं । कोरोना भाइरसका कारण इटलीका सबै खेलकुल गतिविधि स्थगित गरिएको छ । इटलीका प्रधानमन्त्री गिसिपे कोन्टेले अप्रिल ३ सम्म सबै खेल गतिविधि स्थगित गरिएको घोषणा गरेका हुन् ।
उनले सोमबार इटलीका सबै खेलकुद संघका प्रतिनिधिहरुसँग छलफल गरेपछि यस्तो घोषणा गरेका हुन् ।
यस घोषणापछि इटालियन सिरी ए फुटबल खेलसमेत प्रभावित बनेको छ । यसअघि अप्रिल ३ सम्म फुटबल खेल् दर्शकबिना खाली स्टेडियममा खेलाउने भनिएको थियो । तर सिर को खेल अब अप्रिल ३ सम्म स्थगित हुने भएको छ ।
तर इटलीको क्लब र राष्ट्रिय टिमले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भने रोकिएको छैन ।
यसअघि सिरी ए मा युभेन्ट्स र इन्टर मिलानबीचको खेल दर्शक नभएको रंगशालमा खेलाइएको थियो ।
त्यसअघि इटलीको ओलम्पिक कमिटी (कोनी) ले समेत सबै खेल संघसँग बैठक गरेर सबै प्रकारका खेल गतिविधि स्थगित गर्न सल्लाह दिएको थियो ।
युरोपियन देशहरुमध्ये इटली कोरोनाले सबैभन्दा धेरै प्रभावित मुलुक हो । इटलीमा कोरोनाको कारण ४५० जनाको मृत्यु भइसकेको छ भने ९ हजारमा संक्रमण देखिएको छ ।
इटलीका प्रधानमन्त्री कोन्टेले कोरोनाको फैलँदो असरलाई मध्यनजर गर्दै सार्वजनिक रूपमा हुने भिडभाड कार्यक्रम बन्द गराएका छन् ।
यस्तै इटालियन क्लब रोमा र स्पानिस क्लब सेभियाबीच हुने युरोपा लिगको अन्तिम १६ को खेल भने बन्द रंगशालमा हुने भएको छ । खेल सेभियाको मैदानमा हुनेछ ।
प्रतिक्रिया 4