Comments Add Comment

नोटमा समेत कोरोनाको जोखिम, संयम रहन डब्लुएचओको आग्रह

पैसाको कारोबारमा पनि नोटबाट कारोबार गर्दा कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै विश्व स्वास्थ्य संगठनले संयमता अपनाउन आग्रह गरेको छ । यसअघिका विभिन्न अध्ययन र घटनाक्रमले पनि कोरोनाको भाइरसको संक्रमण नोटमा समेत धेरै हुने सम्भावना औल्याएको थियो ।

यही यथार्थलाई ध्यानमा राखेर सकेसम्म नगद रहित कारोबार गर्न वा गरेपनि सफा गरेर सिक्काको कारोबार गर्न यस अघि नै विभिन्न देशहरुले आग्रह गर्दै आएका छन् ।

चिनियाँ बैंकहरूले धेरै पहिलेदेखि नै संक्रमण प्रसारको जोखिम कम गर्न विभिन्न प्रयास गर्दै आएको छ । चिनियाँ बैंकहरुले ग्राहकले दिने पैसामा किटाणु मारेर मात्रै ल्याउन आग्रह गर्दै आएको छ ।

चीनले यसरी सजगता अपनाएपछि धेरैले पैसामा समेत संक्रमण हुनसक्ने बताउँदै आएका थिए । त्यसपछि भएका विभिन्न अध्ययन एवं पैसाबाट किटाणु संक्रमणको जोखिमबारेमा पहिले नै भएका अध्ययनबाट समेत नोटमा संक्रमणको जोखिम धेरै रहेको पाइएको छ ।

चीनले त अहिले अस्पताल र अन्य संक्रमित क्षेत्रबाट आएका नगद समाजको अन्य भागमा प्रवाहित नहोस् भनेर केन्द्रीय बैंकमा पठाउने गरेको छ । केन्द्रीय बैंकले यसअघि नै त्यस्ता कैयौं नोट जलाइसकेको छ भने कतिपय मुद्रालाई सम्भावित संक्रमणको उपचार गरेपछि मात्रै बजारमा पठाउने गरेको छ ।

नयाँ कोरोना भाईरस श्वासप्रश्वासको माध्यमबाट फैलिन्छ भनेर धेरैले सुरक्षाको विधि त अपनाएको पाइन्छ । तर, पछिल्लो समय चर्चामा आएको मोबाइल, नोट, क्रेडिट कार्ड जस्ता माध्यममा भने धेरै सचेत बनेको पाईँदैन । जानकारहरु मोबाइलको प्रयोग गर्दा समेत समय समयमा सफा गरेर मात्रै गर्न आग्रह गर्छन् । विश्व स्वास्थ्य संगठनले समेत यसबारेमा सचेत रहन आग्रह गर्दै आएको छ ।

जब एक संक्रमितले खोक्छ भने उसको शरीरमा रहेका किटाणुहरु अरुको शरीरमा पुग्छ । यसले संक्रमण थप प्रसार हुन्छ । तर, तापक्रम र आर्द्रतामा निर्भरता सँगै धेरै प्रयोग भइरहने क्रेडिट कार्ड र सिक्काहरुबाट समेत संक्रमण फैलिन सक्ने भएपनि यसलाई समय समयमा सफा गरेर चलाउन संगठनले आग्रह गरेको छ ।

एउटा अध्ययनले देखाएको छ कि हामीहरुले प्रयोग गर्ने नोट एकदमै धेरै फोहोर हुन्छ । जसका कारणले पनि यसमा जोखिम धेरै छ । विगतमा भन्दा अहिले किटाणुहरुको संक्रमण फैलिने दर तीब्र रुपमा बढिरहेको छ । विगतका मानिसहरूसँग आधुनिक महामारीको तुलना गर्ने हो भने संक्रमणको दर एकदमै धेरै रहेको देखिन्छ । जस्तै ब्ल्याक डेथको महामारी युरोपभरी फैलिन आठ वर्ष लागेको थियो । तर, अहिले कोरोना एक महिनामा नै विश्वभरी फैलिएको छ ।

बिजिनेस इन्साइडरको एक रिपोर्टले विश्वमा नोट बनाउने शैलीले नै नोटलाई फोहोर गर्ने गरेको बताउँछन् । बिजिनेस इन्साइडरको सो रिपोर्ट अनुसार अमेरिकी डलर बिल बनाउनको लागि ७५ प्रतिशत कपास र लिनेन नामक कपडाको २५ प्रतिशत भागको संयोजनबाट बन्ने गरेको छ । यस्ता सामग्रीहरुमा उच्च ब्याक्टेरियाको सम्भावना हुने सो रिपोर्टमा उल्लेख छ । धेरै अनुसन्धानहरुले पनि विश्वका अधिकांश देशहरुले निकाल्ने पैसा फोहोर रहेको उल्लेख गरेको थियो ।

त्यस्तै, न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनले पनि पैसाको गुणस्तरमाथि प्रश्न उठाइसकेको छ । विश्वविद्यालयका अनुसार पैसामा पनि सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण पाइएको छ । त्यसैले पनि जानकारहरु नोटको भन्दा सिक्का प्रयोग गर्नको लागि आग्रह गर्छन् । त्यस्ता पैसाहरु सफा गरेर चलाउन सक्ने भएकोले पनि सिक्काहरु प्रयोग गर्नको लागि उनीहरु आग्रह गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment