+
+
Shares

छोरासँग रमाउँदै आर्यन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १३:४२

नायक आर्यन सिग्देल पछिल्लो केही महिनायता परिवारलाई बढी समय दिइरहेका छन् । विशेषगरि, चलचित्रको छायांकनमा सर्वाधिक व्यस्त हुने यी नायक अहिले भने परिवारसँग पनि बढी समय बिताइरहेका छन् ।

११ महिना अगाडि उनको घरमा नयाँ सन्तानको आगमन भएको थियो । छोरा घरमा भित्रिएपछि आर्यन उनलाई समय दिइरहेका छन् । छोराको नाम आयान्स राखिएको छ ।

तर, आर्यनले मिडियाको अगाडि अहिलेसम्म छोरा आयान्सलाई लिएर उपस्थित भने भएका थिएनन् । उनै, आर्यन र सपना शनिबार बेलुकी काठमाण्डौको हायात होटलमा छोराको साथमा उपस्थित भए ।
आर्यनमा सन्तानको पिता बन्दाको खुशी खुशै देखिन्थ्यो । पार्टी अवधीभर आर्यनले आयान्सलाई बोकेका थिए ।

आर्यन अभिनित नयाँ चलचित्र ‘हजार जुनी सम्म’ यो बर्ष रिलिज भयो । यो चलचित्र असफल भएपछि आर्यनले नयाँ चलचित्र साइन गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?