+
+

तीनथानामा ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कार

दुई किशोरसहित ३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते १०:३९
Photo Credit : नेपाल प्रहरी

५ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छन् । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले किशोरी बलात्कारमा संलग्न ३ जनालाई तत्काल नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान गर्दै कारबाही प्रक्रिया अघि बढाउन लागिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?