
६ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त भएका छन् ।
संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा पाण्डेलाई नियुक्त गरेका हुन् । नेकपा नुवाकोटका नेता रहेका पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को “क” बाट प्रदेश सभा सदस्यमा निर्वाचित थिए ।
यसअघि मुख्य सचेतक रहनुभएका रामेश्वर फुयाल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो ।
पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई बिहीबारै गराइएको नेकपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4