+
+
Shares

भन्सार छली ल्याउँदै गरेको कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १८:१२

काठमाडौं । प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद गरेको छ । मालवस्तु भन्सार छली भित्र्याउँदै गरेको ३ लाख बराबरका कपडा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-२ स्थित छप्कैयाबाट ३३७ पिप कुर्ता सुरुवाल, ३७ थान साडि र थानको कपडा ३२ थान बरामद गरेको हो ।

बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?