+

तलबको केही हिस्सा त्याग्न प्रिमियर लिगका खेलाडीलाई बेलायती स्वास्थ्यमन्त्रीको आग्रह

२०७६ चैत  २१ गते १०:२१ २०७६ चैत २१ गते १०:२१
तलबको केही हिस्सा त्याग्न प्रिमियर लिगका खेलाडीलाई बेलायती स्वास्थ्यमन्त्रीको आग्रह

२१ चैत, काठमाडौं । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यांककले कोरोना भाइरसको महामारीका बेला प्रिमियर लिगका खेलाडीले केही तलब त्याग गर्नुपर्ने बताएका छन् ।

‘धेरै मानिसले गरेको त्यागको आधारमा प्रिमियर लिगका खेलाडीले गर्नसक्ने पहिलो काम भनेको केही योगदान हो,’ सरकारको नियमित पत्रकार सम्मेलनमा ह्यांककले भने ।

यस्तै प्रोफेसनल फुटबलर संघले पनि खेलाडीले आर्थिक बोझलाई साझेदार गर्नुपर्ने जनाएको छ ।

ह्यांककको भनाइ त्यस्तो बेला सार्वजनिक भएको हो, जतिबेला बेलायतमा कोरोना भाइरसको कारण २ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको कारण युरोपका अन्य राष्ट्र स्पेन, इटलीका ठूला क्लब खेलाडीको तलब कटौती गर्न तयार भइसकेका छन् ।

तर, प्रिमियर लिगका क्लबका खेलाडीको हकमा भने अहिले तलब कटौती विषयमा केही निर्णय भएको छैन ।

कोरोना भाइरसको कारण प्रिमियर लिगलगायत व्यावसायिक फुटबल ३० अप्रिलसम्म स्थगित गरिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय