+
+

नवज्योतिले बाँड्यो १२० परिवारलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १४:०७

२५ चैत, बुटवल । लकडाउनका कारण काम गर्न नपाउँदा छाक टार्न समस्या भएका तिलोत्तमा नगरपालिका-२ का एक सय २० विपन्न परिवारलाई स्थानीय नवज्योति क्लबले खाद्यान्न बाँडेको छ ।

वडाका जनप्रतिनिधि र नगरपालिकाको समन्वयमा प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल, आधा लिटर तेल र एक किलो नुनको प्याकेट बनाएर बाँडिएको हो ।

स्थानीय उद्योगी-व्यवसायीबाट संकलन गरिएको रकमबाट किनेको खाद्यान्न स्थानीय बासिन्दा र बहालमा बसेका विपन्न परिवारलाई बाँडिएको क्लबका अध्यक्ष दिपेश कंडेलले बताए ।

कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी कम्तीमा तीन फिट दुरी फरकमा खाद्यान्नका प्याकेटहरु राखेर भिड नगरी पालैपालो वितरण गरिएको स्थानीय युवा अगुवा विदुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?