+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
सार्क वाणिज्य सह-सचिवस्तरीय भिडियो कन्फ्रेन्स :

व्यापार सहजीकरणका चार विषयमा समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २०:१०

२६ चैत, काठमाडौं  । सार्कका वाणिज्य सह-सचिवस्तरीय भिडियो कन्फ्रेन्स वार्ता बुधबार सम्पन्न भएको छ । कोरोनाको संकटपूर्ण अवस्थासँग जुध्दै क्षेत्रीय व्यापार सन्तुलित बनाउन सहजीकरण गर्न सहमति जनाउँदै छलफल सकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

कन्फ्रेन्समा सार्कका अधिकांश मुलुकमा लागेको लकडाउन र त्यसले व्यापारमा परेको असर तथा अत्यावश्यक वस्तुको आयात निर्यातमा रहेको कठिनाईबारे छलफल भएको मन्त्रालयकी सहायक प्रवक्ता एव‌ं सूचना अधिकारी उर्मिला केसीले जानकारी दिइन् ।

बैठकले सार्कअन्तर्गतका मुलुकसँग हुने व्यापार प्रयोजनमा तत्कालका लागि उत्पत्तिको प्रमाणपत्र जारी नभए पनि व्यापार सुरु राख्ने सहमति जनाएको सहप्रवक्ता केसीले बताइन्। यस्तै, व्यापार प्रयोजनका लागि डिजिटल हस्ताक्षर स्वीकार गर्ने, बैकिङ कोरोबारको हार्डकपी कागज पत्र एक देशको बैङ्कले अर्को मुलुकको बैङ्कलाई नै डिजिटल रुपमा पठाउन सक्ने विषयमा पनि समझदारी जुटेको मन्त्रालयले जनाएको छ ।

कोरोनाको संकटपूर्ण अवधिभरमा अत्याश्यक वस्तुको आयात निर्यात कुनै पनि मुलुकले नरोक्ने नेपालको प्रस्तावमा सबै मुलुकले सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको प्रयासमा सबै मुलुक एक भएर अघि बढ्न पनि छलफलमा समझदारी भएको बताइएको छ ।

नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र श्रीलंकाका वाणिज्य सहसचिव छलफलमा सहभागी थिए । व्यापार सहजीकरणका लागि वाणिज्य सहसचिवस्तरमा भिडियो कन्फ्रेन्स छलफल पहिलो भएको मन्त्तालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?