Comments Add Comment

सहयोग रकम कट्टा गर्न कांग्रेस संसदीय दलको पत्राचार

२७ चैत, काठमाडौं । आफ्ना सांसदहरुले घोषणा गरेको सहयोग रकम कोरोना भाइरस राहत कोषमा पठाउने प्रक्रिया अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद सचिवालयलाई पत्राचार गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै पत्राचार गरेअनुसारको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा यथाशीघ्र पठाउने प्रक्रिया अगाडि बढाउन सचिवालयसँग आग्रह गरेको छ ।

सरकारले घोषणा गरेको कोरोना भाइरस राहत कोषमा कांग्रेसका सांसदहरूले १५ दिनको पारिश्रमिक (तलब) दिने घोषणा गरेका थिए । संघीय संसदमा कांग्रेसका ६३ सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment