Comments Add Comment

लुम्बिनीको खम्हेगाउँमा आगलागी हुँदा चार घरमा क्षति    

२७ चैत, रुपन्देही । लुम्बिनीमा बिहीबार साँझ आगलागी हुँदा चार घर जलेका छन् । साँझ पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएको छ । स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment