Comments Add Comment

रामेछापका सबै स्थानीय तहमा कोरोना रोकथाम कोष

२८ चैत, रामेछाप । रामेछापका सबै स्थानीय तहले कोरोना भाइरस नियन्त्रण, उपचार र राहत कोष स्थापना गरेका छन् ।

पछिल्लो पटक लिखु तामाकोसी र उमाकुण्ड गाउँपालिकाले कोष स्थापना गरेसँगै जिल्लाका सबै पालिकाहरुमा सो कोष खडा भएको हो ।

लिखुतामाकोसी गाउँपालिकाको बिहीबार भएको बैठकले २० लाख रुपैयाँको कोष स्थापना गरेको छ । उमाकुण्ड गाउँपालिकाले १० लाखको कोष खडा गरेको छ ।

दोरम्बा गाउँपालिकाले २० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । कोषको करिब ३ लाख रुपैयाँ खर्च भएको अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए ।

मन्थली नगरपालिकाले १ करोड रुपैयाँको कोष स्थापना गरेको छ । यसैगरी रामेछाप नगरपालिकाले ३५ लाख, खाँडादेवी गाउँपालिकाले १५ लाख, गोकुलगंगा गाउँपालिकाले १० लाख र सुनपाति गाउँपालिकाले २६ लाख रुपैयाँको कोष स्थापना गरेका छन् ।

रामेछापमा क्वारेन्टाइनमा बस्ने मानिसहरुको संख्या घटेको छ । जिल्लाभरीमा ८० जना रहेकामा १४ दिनसम्म लक्षण नदेखिएपछि धेरै जना फर्किएका छन् । अब ६२ जना क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment