+
+

सैनामैनाले बाँड्यो दुई हजार परिवारलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते १२:५५

३ वशाख, बुटवल । लकडाउनका कारण काम गर्न नपाएपछि छाक टार्न समस्या भएका ज्यालादारी मजदुर र विपन्न परिवारलाई रुपन्देहीको सैनामैना नगरपालिकाले राहत स्वरुप खाद्यान्न बाँडेको छ ।

यसअघि पहिलो चरणमा दुई हजार परिवारलाई खाद्यान्न बाँडेको सैनामैनालले दोस्रो चरणमा पनि करिब दुई हजार परिवारलाई खाद्यान्न बाँडेको हो ।

परिवारको संख्याका आधारमा एक हजार ९३३ विपन्न परिवारलाई कम्तिमा दश दिनलाई पुग्ने खाद्यान्न बांडिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । ‘दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएका र पहिलो चरणमा राहत वितरण गर्दा छुटेका करिब दुई हजार परिवारलाई दश दिन खान पुग्ने खाद्यान्न बाँडिएको हो,’ कार्कीले भने ।

२५ हजार ४३१ केजी चामल, एक हजार ९३३ केजी दाल, एक हजार ९३३ केजी नुन, एक हजार ९३३ केजी चिउरा, एक हजार ९३३ लिटर खाने तेल र एक हजार ९३३ वटा हात धुने साबुन दोस्रो चरणमा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यसअघि दुई हजार आठ परिवारलाई पहिलो चरणमा १४ सय ६२ केजी चामल, दुई हजार आठ केजीे दाल, दुई हजार ८ केजी नुन, दुई हजार ८ केजी चिउरा, दुई हजार ८ लिटर खाने तेल र दुई हजार ८ वटा हात धुने साबुन वितरण गरिएको पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?