+
+
Shares

लकडाउनको समयमा अत्यावश्यक सामग्री बिक्री गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १८:४२

७ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आपत्कालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकको घरमै पुर्‍याएर बिक्री गरिरहेका व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने भएको छ।

विश्व महामारी कोरोनाको कारण लकडाउन जारी रहँदा देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले व्यवसायीलाई उक्त सुविधा दिनलागेको हो।

बैंकका ग्राहकहरूसँग नगद अभाव हुनसक्ने तथा एटीएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको जनाएको छ। ग्राहकले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्युआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बैंक खातामा जम्मा हुन्छ।

यस्तो अवस्थामा बैंकले सरकारबाट अनुमतिप्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई इमेलमार्फत प्रकृया अपनाई सहज रुपमा क्युआर कोड प्रदान गर्नेछ।

यसरी पाइनेछ क्युआर कोड
– सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना feedback@nicasiabank.com मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्युआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एन आई सी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।

– बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ ।

– बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्युआर प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ ।

– व्यवसायीले त्यसपश्चात् बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।

– त्यसपछि बैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्युआर कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्युआर कोड स्वयम् प्रिन्ट गरी ग्राहक महानुभावहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नुहुनेछ ।

– कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने क्युआर स्ट्यान्डी व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नुहुनेछ । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढि पनि क्युआर स्ट्यान्डी प्रदान गर्नेछ ।

नेपाल राष्ट्र बैंकले २०७६ चैत ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्गबाट प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्म कारोबार गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?