Comments Add Comment

कांग्रेस पदाधिकारी बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

९ बैशाख, काठमाडौं । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दै छ ।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ ।

सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । यसबाट नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ ।

यो पनि पढ्नुहोस ‘रकेटको गति’मा आयो दल फुटाउने अध्यादेश

संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबाट प्रतिपक्षी दलका नेताको सहभागिता विना नै संवैधानिक परिषदको बैठक बस्ने र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ । यसलाई कांग्रेसले संविधानमाथिको प्रहार भनेर टिप्पणी गरेको छ ।

यस्तै राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेशबाट दल विभाजनको प्रावधान खुकुलो बनाइएको छ ।

कोरोनाको महामारीरिुद्ध लड्ने बेलामा सरकारले अध्यादेश ल्याएपछि ‘बेमौसमको बाजा’ भनेर सरकारको आलोचना भइरहेको छ ।

यो पनि पढ्नुहोस अध्यादेश रोक्ने प्रचण्डको प्रयास बालुवाटार पुगेपछि विफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment