 
																			नेपाली चलचित्र क्षेत्रमा कलाकारहरूबीच भइरहने झगडाका खबर धेरै आउँछन्। अझ, कुनै कलाकारको चलचित्र अर्को कलाकारसँग जुध्ने पक्का भयो भने ती कलाकारको सम्बन्ध नै बिग्रिएको गसिप चलचित्र बजारमा चल्छ।
नायिका वर्षा राउत र अर्की नायिका पूजा शर्मा भने यो कुरामा सजग छन् । उनीहरूले अभिनय गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन र के घर के डेरा’ तीजमा एकसाथ रिलिज हुने चर्चा थियो । भलै, अब यी दुईको भीडन्त टर्ने सम्भावना प्रवल छ।
नायिका पूजा शर्माको इन्स्टाग्राम लाइभमा जोडिएकी अर्की नायिका वर्षा राउतले मिडियाका कारण कलाकारबीच झगडा भएको सन्देश दर्शकसम्म पुगेको बताइन् । एक आपसमा चलचित्र जुधेपनि आफूहरूको सम्बन्धमा कहिले फाटो नआउने यी दुईको दाबी छ ।
यस्तै, पछिल्लो समय फेक फ्यानको आरोपका कारण चर्चामा रहेकी नायिका पूजा शर्मालाई वर्षाले साथ दिएकी छिन् । उनले, फेक फ्यानको प्रसंग उठाएपछि पूजाले यसको जवाफ दिएकी छिन् ।
पूजाले आफूसँग फेक फेसबुक खोलेर कमेन्ट गर्ने समय कहाँ छ र भन्दै प्रतिक्रिया दिएकी छिन् । नायिका वर्षा राउत र पूजा शर्मा चलचित्र क्षेत्रमा नजिक मानिन्छन् । उनीहरूले, एक अर्कालाई विभिन्न समयमा साथ पनि दिँदै आएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4