Comments Add Comment

आमाहरूलाई ‘धुर्मुस’को सहयोग

हाँस्यकलाकार सिताराम कट्टेल सामाजिक सेवामा पनि सक्रिय छन् । उनी, चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागिपरेका छन् । तर, लकडाउनका कारण अहिले रंगशाला निर्माण कार्य रोकिएको छ ।

लक डाउनमा घरमै रहँदा पनि सिताराम र कुञ्जना घिमिरेले चेतनामुलक भिडियो सामाग्री भने तयार पारिरहेका छन् ।

उनै सिताराम बिहिबार मातातिर्थ औँसीको दिन सडकमा निस्किए । आमाको मुख हेर्ने दिनमा केही आमाहरुको अनुहारमा खुशी ल्याउने आशा सहित उनले विभिन्न स्थानमा पुगेर रकम सहयोग गरेका छन् ।

मृगौला विरामी, दृष्टिबिहिनदेखि हिडेरै काठमाण्डौबाट घर जाँदै गरेका मानिसहरुलाई उनले नगद सहयोग गरेका हुन् ।

काठमाण्डौबाट हिडेरै भकुन्डेबेसी जान लागेकी एक आमालाई भेट्दा उनको आँखा रसाएको थियो ।

धुर्मुसले सबैलाई विपन्न तथा गरिब परिवारलाई सहयोग गर्न अपिल पनि गरेका छन् ।

सेवामै बित्यो आमाको मुखहेर्ने दिन 🙏 -धुर्मुस सुन्तलि फाउन्डेशन-..

Posted by Sitaram Kattel on Thursday, 23 April 2020

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment